काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबार राजीनामा दिएर राम्रो काम गरेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशले आइतबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेससँग गल्ती गर्ने छुट नभएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेर ठीक गरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


नेता थापाले भने, ‘अत्यन्तै सहन नसकनेर मैँले आफ्नो सामाजिक सञ्जालमा लेखेको थिएँ । मलाई खुसी लागेको छ मन्त्रीज्यूले राजीनामा दिनुभयो र प्रधानमन्त्रीले राजीनामा स्वीकृत गर्नुभयो । यो गर्न आवश्यक थियो । किनकी यस्तो गल्ती गर्ने छुट हामीलाई छैन ।’

मन्त्री हमालको नियुक्तिप्रति लक्षित गर्दै नेता थापाले शनिबार कांग्रेस कमजोरीबाट नसिक्ने नै हो, अभिशप्त हो भन्ने प्रश्न गर्दै आफ्नो सामाजिक सञ्जालमा लेखेका थिए । चौतर्फी विरोध भएपछि प्रधानन्यायाधीशको जेठान पर्ने हमालले आइतबार बिहान प्रधानमन्त्री देउवासमक्ष राजीनामा दिएका थिए ।

कांग्रेसका युवा नेता गगन थापाले इतिहासको कमजोरीबाट नसिक्ने हो भने कांग्रेस पुन अप्ठेरोमा पर्ने बताए । गजेन्द्र हमालको परिवारको योगदान कांग्रेसले कहिल्यै बिर्सन नसक्ने भन्दै उहाले ढाँट्ने र उज्यालोमा जवाफ दिन नसक्ने काम कांग्रेसले गर्नै नमिल्ने तर्क गरे ।

थापाले एमालेले सरकारको ढुकुटी फोर्ने काम गरेको आरोप लगाए ।