काठमाडौं – बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीमा कांग्रेसले दाबी गरिरहेको छ  । जसमा नेपाली कांग्रेसका युवा नेता ईन्द्र बानियाँ बलिया देखिएका छन् । बागमती प्रदेशमा हाल नेकपा एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।


ADVERTISEMENT


यता एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका उपाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे पनि बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा छन् । कांग्रेसले आफ्नो सरकार बनाउन चाहिरहेकाले युवा नेता ईन्द्र बानियाँ बलिया देखिएका हुन् ।


ADVERTISEMENT

# # #


यसपटक कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्री आफ्नै पोल्टामा राख्ने भएपछि बानियाँलाई छेकबार नहुने सम्भावना टट्कारो देखिएको हो । कांग्रेसको प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने निर्णय आईतबारको संसदीय दलको बैठकलेसमेत  गरिसकेको छ ।

प्रदेश राजधानी हेटौंडामा आईतबार बसेको प्रदेशस्थित कांग्रेस संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्दै प्रदेश कांग्रेस संसदीय दलका नेता बानियाँले मुख्यमन्त्रीका लागि शेरबहादुर देउवासँग पनि वार्ता गरिरहेको स्रोतको दाबी छ ।

अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले आईतबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव राखिन् तर निर्णयार्थ पेश भएन । अब कात्तिक ४ गते बस्ने बैठकमा प्रस्ताव निर्णयार्थ पेश हुने र शाक्यको सरकार ढल्ने निश्चितजस्तै छ । त्यसपछि बानियाँ नेतृत्वको सरकार बन्ने पक्कापक्की जस्तै छ ।