काठमाडौं – तीन महिनादेखि तलब नपाएको भन्दै वीर अस्पतालमा कार्यरत सरसफाइकर्मी आन्दोलित भएका छन् । दशैंमा समेत तलब नदिएको भन्दै उनीहरूले सोमबार बिहान अस्पताल परिसरमा नाराबाजी गरेका हुन् ।


ADVERTISEMENT


सफाइको ठेक्का लिएको कम्पनीले तीन महिनादेखि तलब नदिएको सफाइकर्मी सरिता दुलालले बताइन् ।


ADVERTISEMENT

# # #


दशैं मुखैमा आइसक्‍दा पनि तलब नदिएपछि आफूहरू बाध्य भएर आन्‍दोलनमा उत्रिनु परेको उनको भनाइ छ। ‘तीन महिनादेखि तलब पाएका छैनौँ । दसैंको मुखमा पनि तलब नदिएपछि बाध्य भएर नाराबाजी गर्नुपर्ने अवस्था आयो,’ उनले भनिन्, ‘हामीले सहयोग मागेका होइनौँ । काम गरेको पारिश्रमिक देउ भन्दा पनि नपाएपछि हामीले दसैं कसरी मनाउने ? कोठा भाडा कसरी तिर्ने ?’

नाराबाजीका क्रममा प्रहरीले धरपकडसमेत गरेको उनले बताइन् । धरपकडका क्रममा केही सफाइकर्मी घाइते भएको उनको भनाइ छ ।