काठमाडौं –  नेकपा एमालेका नेता महेश बस्नेतले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् ।


ADVERTISEMENT


गृहमन्त्री खाँणको गृह जिल्ला रुपन्देहीमा ४ सर्बसाधारणको प्रहरीको गोलीबाट मृत्यु भएपछि नेता बस्नेतले राजीनामा मागेका हुन् ।


ADVERTISEMENT

# # #


सामाजिक संजालमा टिप्पणी गर्दै नेता बस्नेतले दशैको मुखमा गृहमन्त्रीको आदेशमा उनकै गृह जिल्लाका ४ जना सुकुम्बासीको गोली हानी हत्या गरेको आरोप लगाउदै सरकार सुकुम्बासी बिरोधी मात्र होइन हत्यारा समेत हो भन्ने पुष्टी भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् :

परमादेश पाएर सरकार बन्नासाथ भुमीहिन सुकुम्बासी आयोग भङ्ग गर्‍यो । दशैको मुखमा गृह मन्त्रीको आदेशमा उनकै गृह जिल्लाका ४ जना सुकुम्बासीको गोली हानी हत्या गरेको छ । दर्जनौं घाइते बनाएको छ । यो सरकार सुकुम्बासी बिरोधी मात्र होइन हत्यारा समेत हो भन्ने पुष्टी भएको छ । उधोग मन्त्री गजेन्द्र हमाल जत्तिको नैतिकता देखाएर राजिनामा दिने आँट गृह मन्त्री बाल कृष्ण खाडसंग छ कि छैन ? नत्र कुन मुखले त्यही क्षेत्रमा चुनावमा भोट माग्न जाने हो ?