काठमाडौँ – डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाले बडा दशैँका बेला देवीदेवताको नाममा हुने बलिदिने प्रथा अन्त्य गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


दसै लगाएत पर्वमा धेरै मानिसहरुले आफूले खानको लागि देवीदेवताको नाममा पशु चौपायाको काटमार गर्ने गरेको भन्दै त्यस्ता हत्याहिंसा अन्त्य गर्नुपर्ने उनले बताएका हुन् । डोल्पो बुद्ध गुरुले आर्थिक रुपमा विश्वमा नेपाल गरिब देशको रुपमा परिचित रहेको भन्दै बुद्ध जन्मेको देशमा काटमार बन्द गरेर सकेसम्म सबै जना शाकाहारी बनेर सामाजिक कार्य गर्नुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


दशैँको बेला महंगो मुल्यमा खसी, बोका लगायत किनेर खानुभन्दा खान नपाएका गरिब, दुखी र कोरोना संक्रमण भएर उपचार नपाएका बिरामीलार्ई सहयोग र दान गर्नु ठूलो धर्म हुने उनको भनाई छ । उनले दशैँको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत व्यक्त गरे ।