काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पोर्टस एकेडेमीले ओलम्पियनहरुलाई सम्मान गरेको छ ।


ADVERTISEMENT


टोकियो ओलम्पिक २०२० मा सहभागिता जनाउने खेलाडी तथा खेल पत्रकारहरुलाई एकेडेमीले सम्मान गरेको हो । कार्यक्रममा टोकियो ओलम्पिक २०२० मा सहभागि खेलाडीहरुलाई स्पोर्टस एकेडेमीका संरक्षक तथा निवर्तमान अध्यक्ष भवन भट्ट, सल्लाहकार कुल आचार्य लगाएतले सम्मान गरेका थिए ।


ADVERTISEMENT

# # #


सो अवसरमा टोकियो ओलम्पिक र पारालम्पिकमा सहभागि खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको हो । टोकियो २०२० ओलम्पिकमा एथ्लेटिक्सबाट सरस्वती चौधरी, पौडीमा गौरिका सिंह र एलेक्स शाह, सुटिङकी कल्पना परियार र सोनिया भट्टले सहभागिता जनाएका थिए ।

यसैगरी पारालम्पिकमा पलेसा गोवद्र्धनले सहभागिता जनाएकी थिइन् । यस्तै अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ पत्रकार श्याम चित्रकार, निरञ्जन राजवंशी तथा रामजी बगालेलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले एनआरएनएसँग मिलेर काम गर्न फुटबल संघ सधैं तयार रहेको जनाए ।

एन्फा अध्यक्ष शेर्पाले अहिले नेपाली फुटबल टिममा एनआरएनए खेलाडीहरुले डेव्यू गरिसेकको प्रसङ्ग निकाल्दै आगामी दिनमा अझ धेरै खेलाडीहरु आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एनआरएनएका संरक्षक भवन भट्टले आफूहरुले विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न खेलकुद उपयुक्त माध्यम रहेको बताए । एनआरएनएका सल्लाहकार कुल आचार्यले एनआरएनए अब खेलकुद पूर्वाधार निर्माणमा केन्द्रित हुन चाहेको बताए ।