काठमाडौँ – दसैँको टीकाको तेश्रो दिन आइतबार पनि आफन्त र मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम चलिरहेको छ ।


ADVERTISEMENT


विजयादशमीका दिन टीका थाप्न जान नपाएका आफन्त तथा टाढा टाढा रहेका मान्यजनका घरमा टिका थाप्न जानेको चहलपहल बढेको छ ।


ADVERTISEMENT

# # #


टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम पूर्णिमासम्म चल्नेछ । देशका केही ठाउँमा भने विजया दशमीको दिन मात्रै टीका लगाउने चलन छ । कोजाग्रत पूर्णिमामा जमरा बिसर्जनसँगै दसैँ सकिन्छ ।यस्तै फुलपातिदेखि सुनसान भएको उपत्यकामा चहलपहल बढेको छ ।