काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य(किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।


ADVERTISEMENT


उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको नर्भिक अस्पतालले जनाएको छ ।


ADVERTISEMENT

# # #


उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको र त्यसमै केन्द्रीत भएर उपचार जारी राखिएको छ । अस्पताल ल्याएलगत्तै उनको छातिको एक्सरे गरिएको थियो, सो क्रममा सामान्य दाग समेत देखिएको छ ।


ADVERTISEMENT

#
#


नेता वैद्य लामो समयदेखि दमबाट पीडित भएकोले आइतबार बिहान उनमा देखिएको समस्या गम्भीर नरहेको समेत चिकित्सकहरुले बताएका छन् ।

प्रतिकृया

प्रतिकृया