काठमाण्डौं- वैकल्पिक राजनीतिक शक्तिका रुपमा प्रस्तुत गर्दै आएको विवेकशील साझा पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाका लागि आज घोषाणापत्र सार्वजनिक गर्दैछ ।


ADVERTISEMENT


भूकम्पले क्षतिग्रस्त राजधानीको धरहरास्थित डबलीबाट चुनावी घोषणापत्र सार्वजनिक गरिने सो पार्टीले जनाएको छ ।


ADVERTISEMENT

# # #


आर्थिक समृद्धि सहित सहभागितामुलक लोकतन्त्र, समन्वयात्मक बजार सामाजिक न्याय र सुरक्षासहितको समानुपातिक समावेशी राज्यको अवधारणालाई पार्टीको घोषणापत्रमा समावेश गरिएको साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले जानकारी दिए ।

देशमा मौलाएको भ्रष्टाचार, अनियमितताजस्ता कुरितीको अन्त्य गर्दै लोकतन्त्रको रक्षा गर्न चुनावी प्रतिस्पर्धामा उत्रिएको सो पार्टीले घोषणापत्रमा उल्लेख गरेको छ । यस्तै २० वर्षभित्र देशलाई मध्यम आय भएको देशको स्तरमा पुर्‍याउन औद्योगिक विकास गर्ने समेत घोषणापत्रमा उल्लेख छ । -आजको कान्तिपुरबाट