काठमाण्डौं-स्पेनिस महारथी रियल म्याड्रिडले ब्राजिलियन फरवार्ड नेइमारलाई क्लब भित्र्याउने बारे छलफल थालेको छ ।


ADVERTISEMENT


सर्वाधिक रकमा फ्रेन्च क्लब पिएसजी आबद्ध नेइमारलाई भित्र्याउने विषयमा अध्यक्ष फ्लोरेन्टिनो पेरेजले छलफल अघि बढाएका हुन् । पेरेजले नेइमारलाई भित्र्याउने विषयमा उनका बुबासँग कुराकानी गरिरहेकोसमेत स्पेनिस मिडियाहरुले सार्वजनिक गरेका छन् । नेइमार गत सिजन मात्र बार्सिलोनाबाट महंगो रकममा पिएसजी आबद्ध भएका थिए ।


ADVERTISEMENT

# # #


यो सिजन राम्रो फर्ममा लेखिएका नेइमारले १२ खेलबाट ११ गोल गरिसकेका छन् । क्रिष्टियोनो रोनाल्डोले यो सिजन अहिलेसम्म स्पेनिस ला लिगामा एक गोल मात्रै गरेका छन् । लिगका सुरुका चार खेल प्रतिबन्धका कारण गुमाएका रोनाल्डोले लिगमा गोलका हिसाबले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । तर उनले च्याम्पियन्स लिगमा भने राम्रो गरिरहेका छन् ।

रियलका अध्यक्ष पेरेज र नेइमारका बुबाबीच नेइमार फेरि स्पेन फर्कने विषयमा लामो छलफल भएको स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले लेखेको छ । नेइमारका लागि रियल म्याड्रिडमा स्थान जहिले पनि खुला रहेको अध्यक्ष पेरेजले बताए पनि पिएसजीमा उनी खुसी रहेको समाचारमा जनाइएको छ ।नेइमारका बुबाले रोनाल्डो रहेसम्म नेइमार मड्रिड नआउने समेत बताएका थिए ।

यता रोनाल्डोले आगामी सन् २०२१सम्म रियलसँग सम्झौता गरिसकेका छन् । त्यसपछि नेइमारलाई रोनाल्डोको स्थान लिनेगरी भित्र्याउन सकिने पेरेजले नेइमारका बुबालाई बताएका थिए ।

पिएसजीलाई उपाधि जिताउन केन्द्रित नेइमार पिएसजीमा खुसी देखिएका छन् ।