काठमाडौँ – ओजदेखि ओमान र युएईमा सुरु भएको टी–२० विश्वकप क्रिकेटको उद्घाटन खेलमा आयोजक ओमानले पपुवा न्यूगिनी (पीएनजी)लाई १० विकेटले हराएको छ । ओमानले टी–२० विश्वकपमा शानदार सुरुवात गरेको हो ।


ADVERTISEMENT


ओमानको अल अमेरत क्रिकेट स्टेसडयममा हारेर पहिले ब्याटिङ थनलेको पीएनजीले निर्धारित २० ओभरमा ९ विकेट गमाउँदै १२९ रन बनायो । १३० रनको लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको ओमानले १३.४ ओभरमा बिनाविकेटको क्षति जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


पीएनजीका लागि कप्तान असद भालाले ४३ बलमा ४ चौका र ३ छक्काको मदतमा ५६ तथा कार्लस अमिनीले २६ बलमा ४ चौका र १ छक्कासहित ३७ रन बनाएर आउट भए । सेसे बाउले १३ रन बनाउँदा अन्यले दोहोरो ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

पीएनजील बीाई सस्तैमा समेट्ने क्रममा ओमानका लागि कप्तान जसिन मक्सूदले शानदार बलिङ गरे । त्यसक्रममा उनले ४ ओभरमा २० रन मात्र खर्चिएर ४ विकेट चट्काए । यस्तै यस्तै बिलाल खान र अलिमुल्लाहले समान २–२ विकेट लिए ।

ओमानका लागि ओपिनिङ थालेका जतिन्दर सिंह र अकिब इल्यास नटआउट १३१ रनको साझेदारी गरे । त्यसक्रममा दुबैले अर्धशतक बनाए । जतिन्दरले ४२ बलमा ७ चौका र ४ छक्काको मदतमा ७३ रनको शानदार पारी खेले । यस्तै इल्यासले ४३ बलमा ५ चौका र १ छक्कासहित ५० रनको योगदान दिए ।

यस्तो छ टी–२० विश्वकपको प्रक्रिया

कुल १६ देश सहभागी टी–२० विश्वकपमा समूह चरण अन्तर्गत सुपर १२ मा प्रवेश गर्नका लागि समूह ‘ए’ र ‘बी’ गरी ८ टोली भिड्दैछन् । समूह ‘ए’मा आयरल्याण्ड, नामिबिया, नेदरल्याण्ड र श्रीलंका रहेका छन् भने समूह ‘बी’मा ओमान, बंगलादेश, बंगलादेश, स्कटल्याण्ड र पीएनजी रहेका छन् ।

समूह ‘ए’ र ‘बी’का विजेता र उपविजेता गरी ४ टिमले विश्वकपको सुपर १२ का लागि छनोट हुनेछन् । जहाँ साविक विश्जविजेता वेष्ट इण्डिजसहित भारत, पाकिस्तान, अष्ट्रेलिया लगायतका ८ टोली रहेका छन् ।

सुपर १२ मा पनि दुई समूह विभाजन गरिनेछ । प्रत्येक समूहमा ६ वटा टिम रहनेछन् । समूका विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् ।