काठमाडौँ – बैठकले मोहम्मद जयन्तीका अवसरमा कार्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


अवुधाबी डायलगको छैटौ मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ भने विभिन्न मन्त्रालयहरुमा अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकले आर्थिक कार्यविधि एवं वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए । मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिस अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न पदहरुमा नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।