काठमाडौँ – नबिल बैँकको महाप्रबन्धकमा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिले नायव महाप्रबन्धक ज्ञवालीलाई बढुवा गरेको हो ।


ADVERTISEMENT


यससँगै ज्ञवाली नबिल बैँकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) बनेका छन् । नबिलमा महाप्रबन्धक नै डेपुटी सीईओको रुपमा रहने प्रचलन रहेको छ । नबिलमा सुजित शाक्य र बिनय रेग्मी महाप्रबन्धक थिए । ज्ञवालीको बढुवासँगै अब तीन जना महाप्रबन्धक अर्थात् डेपुटी सीईओ भएका छन् ।


ADVERTISEMENT

# # #


ज्ञवाली १४ महिनाअघि नायव महाप्रबन्धकका रुपमा नबिल बैँकमा प्रवेश गरेका थिए । उनी त्यसअघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । उनीसँग नियामक निकाय नेपाल राष्ट्र बैँकमा समेत काम गरेको अनुभव रहेको छ ।

ग्लोबल आईएमई बैँकबाट आफ्नो बैकिङ करियर सुरुवात गरेका ज्ञवाली चार्टड एकाउन्टेन्ट हुन् ।