पोखरा– नेकपा (एमाले)का केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले वाम गठबन्धनको बहुमतीय सरकारले मात्रै मुलुकमा राजनीतिक स्थायित्व दिनसक्ने बताएका छन्।


ADVERTISEMENT


कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका–४ गैरापाटनमा स्थापना भएको वाम गठबन्धनको संयुक्त कार्यालयको हिजो उद्घाटन गर्दै उनले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक संमृद्धिका लागि भए पनि नेपाली जनताले यस पटक वाम गठबन्धनलाई बहुमत दिने आफू विश्वास्त रहेको बए ।


ADVERTISEMENT

# # #


नेता अधिकारीले दुई पटक बहुमत ल्याएर पनि काँग्रेसले पूरा अवधि सरकार चलाउन नसकेको उल्लेख गर्दै काँग्रेसले बहुमत ल्याए पनि स्थिर सरकार बनाउन नसक्ने धारणा व्यक्त गरे ।

पोखराको सडक बिस्तार, पुल निर्माण, खानेपानी योजनालगायत अधिकांश विकास निर्माणका काममा आफूले विशेष योगदान पु¥याएको दाबी पनि उनले गरे । सो अवसरमा कास्की २ को प्रदेश (ख) का उम्मेदवार राजकाजी गुरुङले वाम गठबन्धन बनेपछि काँग्रेस अत्तालिएको टिप्पणी गरे ।

समानुपातिक उम्मेदवार तथा नेकपा एमाले निर्वाचन समितिका संयोजक सोमनाथ अधिकारी ‘प्यासी’ले गरिबीको अन्त्य गर्दै आर्थिक समृद्धितर्फ लम्कन पनि वाम गठबन्धनलाई मत दिनुपर्ने विचार व्यक्त गरे ।