काठमाडौँ – सरकारले अग आइतबारदेखि परेको अविरल वर्षापछि बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई २ लाख रुपैयाँ दिन भएको छ ।


ADVERTISEMENT


बुधबार बसेको मन्त्रिपरिषद्को आकष्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारप्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । एक जनाभन्दा बढीको मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति थप १ लाख उपलब्ध गराइने उनले बताए ।


ADVERTISEMENT

# # #


यस्तै बैठकले बाढीपहिरोका कारण घस, आवास नष्ट भएका, खाद्यान्न, बाली, जग्गा जमिन वा पसल, व्यवसाय नष्ट भइ तत्काल गुजाराका लागि खाद्यान्ह नभएका पीडित ५ जनासम्मको सदस्य भएको परिवारलाई १५ हजार रुपैयाँ राहतस्वरुप उलब्ध गराइने भएको छ ।

यस्तै ५ जनाभन्दा बढी सदस्य भएका परिवारलाई २० हजारका दरले तत्काल नगद सहायता उपलब्ध गराउने निर्णय भएको प्रवक्ता कार्कीले जनाए । यस्तै बाढी पहिरोमा घाइते भएकाहरुको उपचारको व्यवस्था सरकारले मिलाउने भएको छ ।

विगत केही दिनदेखिको बेमौसमी वर्षाले सूदरपश्चिम लगायत देशभर बाढी पहिरो गएको थियो । बाढी पहिरोमा परी ३ दर्जनभन्दा बढी मानिसको मृत्यु भएको छ भने त्यति नै संख्यामा बेपत्ता छन् ।