काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छन् ।


ADVERTISEMENT


सैनिक मुख्यालय जङ्गीअड्डामा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


भेटवार्ताले दुई देशबीचको सम्बन्ध सुमधुर तुल्याउन थप मद्दत पुग्ने सेनाले विश्वास लिइएको छ ।