काठमाडौँ – बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजार्चना गरेकी छन् ।


ADVERTISEMENT


राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले बुधबार अपरान्ह मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गरिन् । राष्ट्रपति भण्डारीलाई नवदुर्गा मन्दिरका नाइके बिजेश बनमालाले नवदुर्गाको दर्शन गराएर नवदुर्गा भवानीको टीका र प्रसाद प्रदान गर्नाका साथै नवदुर्गाको मूर्तिसमेत अवलोकन गराएका थिए ।


ADVERTISEMENT

# # #


यसैबीच दुई बर्षअघि राष्ट्रपतिको प्रत्यक्ष सहभागीतामा भएको भोजको खर्च रकम अझै पनि नपाएको देवगणहरुले गुनासो गरेका छन् । भोजका लागि देवगणलाई जिम्मा दिएको खर्च भएको १ लाख ३५ हजार मध्ये केहि रकम नपाएको गुनासो राष्ट्रपतिसमक्ष गरेको उनीहरुले बताएका छन् ।

खर्च भएको रकम सूर्यबिनायक नगरपालीकाले बेहोर्ने आश्वासन पटक पटक पाएपनि रकम भने उपलव्ध हुन नसकेको उनीहरुले बताए । त्यस्तै ९ महिनालामो जात्राका क्रममा आफुहरुको स्वास्थ्य समस्या भएपनि यसबारेमा कसैले चासो नदेखाएको गुनासो छ ।