उदयपुर – निरन्तर परेको बर्षात पछि आएको बाढीले बगाएर उदयपुरमा दुई जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


उदयपुर – जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ५ स्थित कोरिया खोला र उदयपुरगढी गाउँपालिका ७ स्थित बैद्यनाथ खोलाले बगाएर दुई जनाको ज्यान गएको हो ।


ADVERTISEMENT

# # #


घरबाट बजार सम्म दूध पुर्याएर फर्किने क्रममा उदयपुरको त्रियुगा नगरपालिका– ५ दमौटीका ४४ वर्षिय टुकबहादुर खड्कालाई स्थानीय कोरिया खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यस्तै उदयपुरगढी गाउँपालिका– ८ नरेटारका हुलाक कर्मचारीको कार्यालयको काम सकि घर फर्किने क्रममा बैजनाथ खोला तर्ने क्रममा बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी बेदप्रसाद गौतमले जानकारी दिएका छन् ।