धादिङ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको दाबी गरेका छन्।


ADVERTISEMENT


बिहीबार धादिङमा भएको कांग्रेस धुनिबेसी नगर समितिको कार्यलय उद्घाटन कार्यक्रममा सिंहले १३औँ महाधिवेशन पछि पार्टीको नेतृत्वले विधि पद्धति र मुल्यमान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको बताएका हुन्।


ADVERTISEMENT

# # #


उनले विधि सम्बत र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउनको लागि सक्षम नेतृत्वको आवश्यकता औँल्याए। पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको भनाइ थियो। साथै उनले पार्टीको आसन्न १४ औँ महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने अडान राखे।

‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नु पर्दछ। क्रियाशिल सदस्यता विधि र पद्धतीअनुसार वितरण हुनुपर्छ, सिंहले भने, ‘यसअघिको सहमतिअनुसार नै पार्टीको अधिवेशन अगाडी बढाउनु पर्दछ। यसमा नेतृत्वले ध्यान दिन जरुरी छ।’

अधिवेशन त समयमा नै गर्न नसकेको कांग्रेसले कसरी देश विकास गर्न सक्छ, भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको उनको भनाइ छ। पार्टीलाई ठीक ठाउँमा ल्याउनको लागि विधि र पद्धतिको सबैले सही रुपमा पालना गर्नु पर्ने उल्लेख गरे।

पार्टी सभापतिको गृह जिल्लामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि बिग्रिएको उनको आरोप छ।

गणेशमानको परिवारले सधै त्याग मात्रै गरेको भन्दै अब पार्टीको नेतृत्व पनि गर्ने उनले दाबी गरे। पार्टीभित्रको एकता विना कांग्रेस बलियो हुन नसक्ने नेता सिंहको भनाइ छ।

उनले आफू हरेक आन्दोलनको अग्र मोर्चामा सहभागी भएको उल्लेख गर्दै गणेशमानको छोरा भएर मात्र राजनीतिमाा नआएको प्रष्ट पारे।