काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।


ADVERTISEMENT


बुधबारको तुलनामा छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेको हो ।


ADVERTISEMENT

# # #


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९१ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बढेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार  भएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार  भएको छ ।