हेटौँडा – बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा विश्वासको मत लिँदैछिन् । शाक्यले मुख्यमन्त्री बनेको दुई महिना २ दिन अर्थात ६४ दिनपछि प्रदेशसभामा विश्वासको मत लिन लागेकी हुन् ।


ADVERTISEMENT


मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार प्रदेश सभामा विश्वासको मत पाउँ भनि गरेको प्रस्तावमाथि आजको बैठकमा छलफल हुँदैछ । विश्वासको मत लिने प्रक्रिया पनि आजै अघि बढ्ने छ ।


ADVERTISEMENT

# # #


बाग्मतीमा सत्तारुढ नेकपा एमालेको अल्पमत रहेकाले शाक्यको सरकार ढल्ने निश्चत छ । बाग्मती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् ।

नेकपा एमालेका नेता माधव कुमार नेपाल निकट मानिने शाक्य पार्टी एकता जोगाउन भन्दै ओली समूहमा लागेकी थिइन् । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन र एकता जोगाउन भन्दै तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका थिए ।

जसपछि नेकपा एमालेको प्रदेश संसदीय दलको बैठकले शाक्यलाई प्रदेश संसदीय दलको बैठकमा चयन गरेको थियो । माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेकै दिन अर्थात् भदौ २ गते शाक्य मुलुककै पहिलो मुख्यमन्त्री बनेकी थिइन् ।

प्रत्यक्ष हेर्नुहोस्: