काठमाडौँ – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले महाधिवेशन आगामी मंसिर १० देखि १२सम्म चितवनमा गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।


ADVERTISEMENT


उनका अनुसार स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा बालसँगै योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बिष्णु रिमाल, काशिनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली लगायत २१ जना अन्य नेताहरु रहेका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रिय महाधिवेशनअघि एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्दैछ ।

बैठकले हालै सम्पन्न विधान महाविधेशनको समिक्षा गर्दै भव्य र ऐतिहासिक रहेको निष्कर्ष निकालेको उनले बताए । विधान महाविधेशनले पार्टीमा भावनात्मक एकता र आत्मविश्वास कायम गर्न सफल भएको प्रवक्ता ज्ञवालीले बताए । बैठकले अविरल वर्षाका कारण भएका बाढी पहिरो र डुवानका कारण जनधनको क्षति भएको प्रति दुख व्यक्त गर्दै उचित राहत र क्षतिपूर्ति वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

त्यस्तै प्रवक्ता ज्ञवालीले सहमतिको १० बुदे प्रस्ताव कार्यान्वयन भइरहेको बताए । उनले सहमति कार्यान्वयनमा गइसकेको अवस्थामा अव पार्टी गतिविधिलाई अघि बढाउन अध्यक्ष केपी ओलीले आग्रह गरेको जानकारी दिए ।

त्यस्तै बैठकले सरकारले रेडक्रश र एनआरएन लगाएत सामाजिक संघसंस्थामाथि हस्तक्षेप गरेको भन्दै निन्दा गरेको र हस्तक्षेप तत्काल बन्द गर्न माग गरेको छ । स्थायी कमिटी बैठक शुक्रबार दिउँसो २ बजे पुन बस्ने छ ।