काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत एक वर्षमा विद्युत खेर जाने अवस्थाको आकलन गरेर काम गर्न नसक्दा विद्युत वितरणमा समस्या देखिएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औं महाधिवेशनलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले विद्युत खपत नबढ्दा बिजुली खेर गएको बताए ।


ADVERTISEMENT

# # #


अहिले वर्षात्को समय भएकाले माग कम भएको र भारतको बिहारमा हामीले गर्ने गरेको बिजुली निर्यात पनि उनीहरुको माग नभएकाले अहिले प्रत्येक दिन करिब ४–५ सय मेगावाट बिजुली खेर गइरहेको उनले जानकारी दिए ।

घिसिङले भने, ‘यो दुःखद कुरा हो । हामीले प्रयास गरे पनि आउने बित्तिकै खपत बढाउने र निर्यात गर्ने अवस्था थिएन । तर, विगत एक वर्ष काम नहुँदाखेरि आजको स्थिति ब्यहोर्नु परेको हो ।’

कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र खपत बढाउने कुरा पहिलो प्राथमिकतामा रहेको र १६ सय हाराहारीमा डिमान्ड रहको बताए ।

उनले सार्कदेखिय अन्तरदेशीय प्रशारणलाईनको कामलाई तीव्रताका साथ अघि बढाउनुपर्ने धारणा राखे ।