काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी गरेकी छन् ।


ADVERTISEMENT


मन्त्रिपरिषद्बाट यही कात्तिक ६ गते सिफारिश भएको उक्त अध्यादेश राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आज जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रा डा गोविन्द केसीले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पहल गर्न आग्रह गरेका थिए ।