काठमाडौ– नागरिक उड्डयन प्राधिकरणले यती एयरलाइन्सलाई अन्तर्राष्ट्रिय चार्टर उडानका लागि अनुमति (एओसी) दिएको छ । प्राधिकरणले कम्पनीलाई बिहीबार अन्तर्राष्ट्रिय चार्टर उडानका लागि एओसी दिएको हो ।


ADVERTISEMENT


अनुमति पाएलगत्तै अब कम्पनीले आफूसँग भएको ७२ सिट क्षमताको एटीआर–७२ सिरीजको जहाजमार्फत भारत, म्यानमार, बंगलादेश, भुटान र श्रीलंका, थाइल्याण्डलगायत दक्षिण एसियाका विभिन्न मुलुकमा चार्टर उडान गरिने कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जनाकारी दिए ।


ADVERTISEMENT

# # #


अन्तर्राष्ट्रिय चार्टर उडानको माग आएको अवस्थामा सेवा दिन तयारी अवस्थामा रहेको बताउँदै उनले भने, ‘दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका गन्तब्यमा हामीले चार्टर उडान सेवा दिनेछौँ।’

यस्तै, भविष्यमा अन्तर्राष्ट्रिय गन्तब्यमा नियमित उडान गर्ने कम्पनीको व्यावसायिक योजना रहेको उनको भनाई छ ।

उनका अनुसार पोखरा र गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बेस बनाएर उडान गर्ने योजना बनाए पनि कम्पनीले हालका लागि काठमाडौं बेस रही विभीन्न गन्तब्यमा चार्टर उडान गर्ने योजना रहेको छ । यी विमानस्थल तयार भए लगत्तै कम्पनीले बेस उतै बनाएर चार्टर उडान गर्ने उनको भनाई छ ।

यसैगरि, अन्तर्राष्ट्रिय चार्टर उडान अनुमति पाएसँगै कम्पनीले सन् २०२२ भित्रै चारवटा एटीआर–७२ जहाज थप्ने योजना बनाएको समेत उनले जानकारी दिएका छन् । ‘यतीले आगामी वर्ष दिनभित्रै चारवटा एटीआर–७२ जहाज थप्ने योजना यतीको लक्ष्य रहेको छ’, उनले भने ।

हाल पाँचवटा एटिआर–७२ सिरीजको जहाजमार्फत देशभित्र विभिन्न गन्तब्यमा सेवा दिँदै आएको छ । यतीले १५ वर्ष अघि नै अन्तर्राष्ट्रिय उडानको अनुमति लिएको भएपनि पहिलोपटक मुलुक बाहिर चार्टर उडान गर्न लागेको हो ।