काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभामा पेश गरेका छन् ।


ADVERTISEMENT


नेपालको संविधानको धारा १८८ को उपधारा(२) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम(४) बमोजिम सदनमा सो प्रस्ताव पेश भएको हो । मुख्यमन्त्री आचार्यले प्रस्ताव पेश गर्दे केही दिनअघि अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे ।


ADVERTISEMENT

# # #


उनले अविरल वर्षाकै कारण प्रदेशमा ७० जनाले ज्यान गुमाएका, १८ जना घाइते र १२ जना बेपत्ता, ४० वटा घर बगाएको र एक हजार ८२५ घरमा आंशिक क्षति भएको जानकारी गराए । मुख्यमन्त्री आचार्यले धानबालीमा भएको क्षतिप्रति प्रदेश सरकारले कृषकको क्षतिमा २५ प्रतिशत राहत प्रदान गर्ने बताए ।

प्रदेशसभाको अर्को बैठक कात्तिक ७ गते मध्याह्न साढे १२ बजे बस्ने र विश्वासको मत विभाजनबाट हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।