काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन सम्बन्धी कार्यदलको संयोजकबाट राजीनामा दिएका छन् । पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्माओली असहमत भएपछि रावलले शुक्रबार राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


शुक्रबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा रावलले कार्यदलको संयोजकबाट राजीनामा दिएको जानकारी गराएका हुन् । कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि कार्यदलमा बस्नुको औचित्य नभएको भन्दै राजीनामा दिइएको उनले बताए ।


ADVERTISEMENT

# # #


रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन् । स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि उनले असहमति जनाएका छन् ।
शुक्रबारको बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहम्मद समिरलाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेको थियो ।