काठमाडौं – नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यू–२३ टिमसँग पराजित भएको छ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा शुक्रबार बेलुकी भएको खेलमा नेपाल इन्डोनेसियासँग २–० ले पराजित भएको हो ।


ADVERTISEMENT


नेपालले पहिलो हाफ गोलरहित बराबरी खेल्यो । तर दोस्रो हाफमा भने दुई गोल खायो । इन्डोनेसियालाई जित दिलाउन सागरा र विटानले एक एक गोल गरे ।


ADVERTISEMENT

# # #


एएफसी यू–२३ एसिया कप छनोटको तयारीका लागि नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलको हो । छनोटमा नेपाल समूह बी मा छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र ईरान रहेका छन् ।

नेपालले पहिलो खेलमा ईरानसँग सोमबार खेल्नेछ । छनोटका ११ समूहको शीर्ष टोलीसँगै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसिया कपमा छनोट हुनेछन् ।