धनुषा – भारतले जयनगर–कुर्था सीमापार रेलमार्ग नेपाललाई हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गरी हस्तान्तरण गरिएको हो ।


ADVERTISEMENT

# # #


काठमाडौंमा आज एक कार्यक्रमकाबीच भारतको परियोजना कार्यान्वयन निकाय इरकान इन्टरनेश्नलले नेपाल रेलवे कम्पनीलाई रेलखण्ड हस्तान्तरण गरेको हो ।

भारतको ८ अर्ब ७७ करोड रुपयाँको सहयोगमा निर्माण भएको ३४ दशमलव ९ किलोमिटर यो खण्ड जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा हो ।

जयनगर–कुर्था खण्डमा ८ वटा स्टेशन र साना स्टेशन छन् । यसमा जनकपुर पनि सामेल छ । यो सञ्चालनमा आए भारत र नेपालबीचको पहिलो ब्रोड गज सीमापार रेलमार्ग बन्ने भारतीय दूतावासले जनाएको छ ।