काठमाडौं – नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।


ADVERTISEMENT


मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका केही भूभागमा आज पनि वर्षा हुनेछ । अहिले वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।


ADVERTISEMENT

# # #


अन्य प्रदेशमा पनि थोरै थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै उच्च पहाडी तथा हिमाली भू भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ । महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।