काठमाडोँ– नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  ४०० रुपैंयाले बढेर ९२ हजार १०० रुपैंया कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला  ९१ हजार ७०० रुपैंयामा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँँ दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।


ADVERTISEMENT

# # #


महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला  ९१ हजार ६०० रुपैंया हुनेछ जसको मूल्य शुक्रबार प्रतितोला  ९१ हजार २०० रुपैंया तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० रुपैंयाले बढेर एक हजार २६० रुपैंया पुगेको छ । चाँदी शुक्रबार प्रतितोला  एक हजार २५० रुपैंयामा कारोबार भएको थियो ।