काठमाडौँ – युएईमा जारी आइसीसी पुरुष टी–२० विश्वकपमा आज चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमुन्ने-सामुन्ने हुँदैछन् । टी–२० विश्वकपको सुपर १२ अन्तरर्गत भारत र पाकिस्तानबीको यो महाभिडन्त नेपाली समयअनुसार ७ः४५ बजे सुरु हुँदैछ ।


ADVERTISEMENT


जब जब यी दुइई टोली क्रिकेट प्रतियोगितामा भिड्छन् तब भारत र पाकिस्तान मात्र नभई विश्वकै क्रिकेट प्रशंसकहरुको ध्यान केन्द्रित हुन्छ । विश्व क्रिकेटका यी दुई महाशक्तिबीचको खेल आईसीसी मात्र होइन खेल प्रशारक टिभिका लागि पनि अर्थतन्त्रका हिसाबले फाइदाजनक हुने गर्छ । पछिल्लो समय बढ्दो राजनीतिक टकरावका कारणले पनि यी दुई देशबीचको खेल प्रतिष्ठाको लडाईं हुने गर्छ ।


ADVERTISEMENT

# # #


विश्वकपमा भारत पाकिस्तानमाथि हावी हुँदै आएको छ । पहिलो खेलमै एक आपसमा भिडेर यी दुई टोली विश्वकपको यात्रा सुरु गर्दैछन् ।

आजसम्म विश्वकपमा यी दुई टोलीबीच एकदिवसीय र टी–२० गरी १२ पटक भिडन्त भएको छ । १२ वटै खेलमा भारतले जित हात पारेको छ भने टी–२० मा पाँचै पटक पाकिस्तान भारतविरुद्ध स्तब्ध भएको छ ।

यस हिसाबले पाकिस्तान पहिलो पटक टी–२० विश्वकपमा भारतविरुद्ध जित हासिल गर्ने खोजमा रहनेछ । यता भारत पाकिस्तानविरुद्ध जित निकाल्दै आफ्नो विजयी यात्रालाई कायमै राख्ने दाउमा रहने छ ।