काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्समा भोलिदेखि सुरु हुने छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागि हुन दुबई प्रस्थान गरेको छ ।


ADVERTISEMENT


कात्तिक ८ देखि १२ गतेसम्म (२५–२९ अक्टोवर) दुबईमा हुने डाइलगमा सहभागि हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल दुबई प्रस्थान गरेका हुन् । मन्त्री श्रेष्ठ सहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा मन्त्रालयका अधिकारीहरुले विदाइ गरे ।


ADVERTISEMENT

# # #


श्रमिक पठाउने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्नका लागि स्थापित ‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका बिषयमा छलफल गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए । ‘आबुधाबी डायलग’ मा १६ देशका श्रममन्त्री सहभागी हुनेछन् भने ४ वटा देश परवेक्षकका रुपमा सहभागी हुनेछन् ।

साथै अन्तर–सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले पनि डायलगमा भाग लिनेछन् ।