काठमाडौं –  टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले भारतमाथि २९ वर्षपछि पुनरागमन जित निकालेको छ ।  टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


भारतको १५२ रनको लक्ष्य पाकिस्तानी टीमले १७.५ ओभरमा एक विकेट गुमाएर प्राप्त गरेको थियो।


ADVERTISEMENT

# # #


मोहम्मद रिजवानले ५५ बलमा ७९ रन र बाबर आजमले ५२ बलमा ६८ रन बनाए। आजसम्म पाकिस्तानले विश्वकपको कुनै पनि खेलमा भारत बिरुद्ध जित दर्ता गरेको छैन। यो पाकिस्तानको ऐतिहासिक जित हो ।

पहिलो इनिङ्समा ब्याटिङ गरेको भारतीय टोलीले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो । पाकिस्तानले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

प्रारम्भिक असफलता पछि, भारतीय टीमका कप्तान विराट कोहली र ऋषभ पन्तले यसमा ठूलो भूमिका खेले। कोहलीले ५७ र पन्तले ३९ रन बनाए।

१५२ रनको लक्ष्य पाउन पहिलो ओभर पाकिस्तानी टिमको लागि राम्रो थियो। ओपनर मोहम्मद रिजवानले भुवनेश्वर कुमारको पहिलो ओभरमा १० रन लिए ।