काठमाडौँ– नेपाल र चीन जोड्ने रेलमार्गबारे अध्ययन गर्न नेपाल आएको चिनियाँ टोलीले रेल निर्माण प्राविधिक रुपमा सम्भव भएको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले मंगलबारदेखि बिहीबारसम्म रेलमार्गको स्थलगत अध्ययन गरेर त्यस्तो निष्कर्ष निकालेको हो । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग सम्भव रहेको प्रारम्भीक रिपोर्ट उक्त टोलीले दिएको छ ।


ADVERTISEMENT

# # #


चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री चेङ जियान नेतृत्वको २३ सदस्यीय टोली सम्भाव्यता अध्ययन गरेर शुक्रबार बेइजिङ फर्केको छ । उक्त टोलीले आफ्नो रिपोर्ट चीन सरकारलाई पेश गर्नेछ ।

रेलमार्ग निर्माणका लागि अब नेपाल सरकारले औपचारिक आग्रह गर्नुपर्नेछ । रेल विभागमा सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त शर्माका अनुसार त्यसपछि मात्र निर्माणको प्रक्रिया अगाडि बढाउन सकिनेछ ।