काठमाडौँ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश न्यायिक नेतृत्वमा असफल भएको भन्दै निकास दिनुपर्ने निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीशले न्यायपालिका सम्हाल्न नसकेको भन्दै निकास दिनुपर्ने निष्कर्ष निकालेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । न्याय प्रशासनको मुख्य जिम्मेवारी भएको प्रधानन्यायाधीश न्यायपालिका भित्रै असफल भएको बारको ठहर रहेको उनले बताए । अब न्यायापालिकालाई थप बन्दी बनाउन नहुने श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #


अध्यक्ष श्रेष्ठले आइतवार भएको सहमति अनुसार प्रधानन्यायाधीशले फुल कोर्ट नै राख्न नसकेको धारणा राखे । त्यस्तै प्रधानन्यायाधीशले आफ्नै सहकर्मी न्यायाधीशहरुलाई पनि विश्वासमा लिन नसकेको उनले बताए ।

बारले मंगलबार बारका सदस्य, उपत्यकामा रहेका पदाधिकारी, सल्लाहलकार र पूर्वपदाधिकारीबीच बृहत छलफल गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।

यसअघि सोमबार नै बसेको सर्वोच्च अदालतका १३ जना न्यायाधीशहरुको बैठकले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेर आफ्नो संयुक्त कुरा राख्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार ‘फुलकोर्ट’ बोलाए पनि न्यायाधीशहरूले बहिष्कार गर्ने निर्णय गरेका थिए ।

न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्न नसकेको आरोप प्रधानन्याधिशमाथि छ ।