काठमाडौँ – नेपाल सरकारलाई अमेरिकी सरकारले आज कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ प्रदान गरेको छ ।


ADVERTISEMENT


सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई अमेरिकी सहयोग नियोग नेपालका निर्देशक सेपिडे केभान्साडले हस्तान्तरण गरे। स्वास्थ्य सचिव डा पोखरेलले खोपले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सरकारलाई सहयोग हुने बताए ।


ADVERTISEMENT

# # #


उनले अमेरिकाले उपलब्ध गराएको खोप १२ वर्षभन्दामाथिका दीर्घरोगीलाई लगाइने जानकारी दिए । नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको हो ।

उक्त खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले उपलब्ध गराएको हो । यसअघि अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । सरकारले बालबालिकालाई अमेरिकाबाट ६० लाख मात्रा फाइजर र ४० लाख मात्रा मोडर्ना खोप ल्याउने तयारी गरेको छ ।