काठमाडौं – नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति  इन्द्रबहादुर बानियाँले फुटबल खेलाडीहरुलाई जर्सी सेट हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT


खेलाडीहरुको स्तरोन्नति होस् भन्नका लागि बानियाँले जर्सी सेट हस्तान्तरण गरेको बताएका छन् ।


ADVERTISEMENT

# # #


जिल्लाको बकैया गाउँपालिकाको ५,८,९ नम्बर वडाका फुटबल खेलाडीहरुलाई १८ थानका दरले जर्सी सेट हस्तान्तरण गरेका हुन्।

जर्सी सेट हस्तान्तरण गर्दै बानियाँले उक्त ठाउँका युवा तथा खेलाडीहरुको भावना बुझी गाउँ तथा दुर्गम क्षेत्रमा खेल खेली खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा राखेको बताए ।

बानियाँले आगामी दिनमा पनि खेल क्षेत्रको विकासको लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।