काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्मा र फ्रान्सेली राजदूत गिल्स बुर्बाओबीच भेटवार्ता सम्पन्न भएको छ ।


ADVERTISEMENT


दुई देशबीचको सुमधुर सम्बन्धलाई थप सुढृढ गराउने ध्येयले सोमबार अर्थ मन्त्रालयमा उक्त शिष्टाचार भेटवार्ता सम्पन्न गरिएको हो ।


ADVERTISEMENT

# # #


सो भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरेका छन् ।

लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको बताउँदै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदुत बुर्बाओलाई आग्रह समेत गरेका छन् । यस्तै, भेटवार्ताको क्रममा मन्त्री शर्माले बुर्बाओसमक्ष राखेको कोभिड–१९ महामारीको असर कम हुन नपाउँदै नेपालमा बेमौसमी वर्षाले ठूलो क्षतिको पुननिर्माण र क्षतिपूर्तिका सम्बन्धमा पनि कारात्मक कुराकानी भएको बुझिएको छ ।

साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको जनाइएको छ ।