काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले प्रतिनिधिसभा विघटनलाई वदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहितका पाँच जना न्यायाधीशको राजीनामा माग गरेका छन् ।


ADVERTISEMENT


मंगलबार नेकपा एमालेका पालिका अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले परमादेश जारी गरेर देशलाई यो अवस्थामा पुर्याउन पाँचैजना न्यायाधीश जिम्मेवार रहेकाले सबैले राजीनामा दिनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘परमादेश त एक जनाले होइन, पाँचै जनाले गर्नुभएको थियो होला । पाँचै जनाले परमादेश गर्नुभएको थियो भने एक जनासँग किन राजीनामा माग्नुहुन्छ श्रीमान ज्यूहरु ?’ ओलीले प्रश्न गरे, ‘पाँचै जनाले परमादेश गरेर देशलाई यो हालतमा पुर्‍याउनु भएको छ त, पाँचै जनाले रानीनामा गरे उपयुक्त होइन र ?’

सर्वोच्चका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रिपरिषद् र संवैधानिक परिषद्का नियुक्तिहरुमा भागबण्डा खोजेको र उनकै कारण सिंगो न्यायलयको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै मार्गप्रशस्त गर्न गर्नुपर्ने बताएका थिए ।

उनीहरुले मंगलबार प्रधानन्यायाधीशलाई भेटेर सर्वोच्चको गरिमा जोगाउनका लागि पदत्याग गर्न आग्रह गरेका थिए । तर, राजीनामा यिदन अस्वीकार गर्दै प्रधानन्यायाधीश राणाले आफू संवैधानिक रुपमा नै नियुक्त भएकाले संवैधानिक रुपमा नै पद छाड्ने बताएका थिए ।