काठमाडौँ – नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउाँपालिकासँग दीगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेहो हो ।


ADVERTISEMENT


बराहताल गाउाँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दीगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउाँपालिकाको तर्फबाट अध्यक्ष तेज बहादुर बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी मार्फत गाउाँपालिकाहरुले स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफाररिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरतासम्बन्त्री अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै नबिल बैंककोकर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले बराहताल गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए । त्यस्तै बराहताल गाउँपालिकाका अध्यक्ष तेज बहादुर बस्नेतले नबिल बैंकको दीगो बैंकिङले निम्न वर्गाीय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारत लगायत खाडी मुलुक पलायन हुनबाट रोक्ने आशा व्यक्त गरे । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्याइ गाउँपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे । उक्त कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउाँपालिकाबासीहरुको समेत उल्लेख्य संख्यामा उपस्थिति रहेको थियोे ।

नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दीगो बैंकिङको सुरुवात गरको थियो । सरकारको दीगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दीगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशील कर्जा शुरु गरेरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्यून भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशीलता विकासकको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरी नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको छ ।