काठमाडौं – आइसिसी टी–२० विश्वकप अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ ।


ADVERTISEMENT


पहिला ब्याटिङ गर्दै वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दिएको १ सय ४४ रनको लक्ष्य १८ दशमलव २ ओभरमै दुई विकेटको क्षतीमा पुरा गर्यो ।


ADVERTISEMENT

# # #


विजयी लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका ओपनर तथा क्याप्टेन तेम्बा बाभुमा दुई रन बनाएर आउट भए पनि रेजा हेन्ड्रिक्स ३९, राजी भान डेर डुसेन ४३ तथा एडेन मार्कराम ५१ ले उत्कृष्ट ब्याटिङ गर्दै टीमलाई जिताए ।

वेस्ट इन्डिजका अकिल हुसेनले मात्र एक विकेट लिए भने बाँकी कुनै पनि बलरले विकेट लिन सकेनन् । दक्षिण अफ्रिकाका क्याप्टेन बाभुमा रनआउट भएका थिए । त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।

वेस्टइन्डिजका ओपनर इविन लेविसले ३५ बलमा ३ चौका र ६ छक्का सहित सर्वाधिक ५६ रन बनाए । कप्तान किरन पोलार्डले २० बलमा २ चौका र १ छक्का सहित २६ रनमा क्याच आउट भए । वेस्ट इन्डिजलाई ओपनर इविन लेविस र लेन्डन सिमन्सले पहिलो विकेटका लागि १०।३ ओभरमा ७३ रनको सुरुवात दिलाएका थिए ।

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर ड्वेन प्रिटोरियसले २ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । स्पिनर केशव महाराजले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । कागिसो रबाडाको नाममा १ विकेट रह्यो ।

यसैबीच केही क्षणअघि दक्षिण अफ्रिकाले जवाफी ब्याटिङ प्रारम्भ गरेको छ । ताजा अवस्थामा तीन दशमलव एक ओभरको खेल समाप्त हुँदा दक्षिण अफ्रिकाले एक विकेटको क्षतिमा २१ रन बनाएको छ ।