काठमाडौं –  बाग्मती प्रदेशसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले  विश्वासको मत लिने भएकी छन् ।


ADVERTISEMENT


यसअघि कात्तिक ४ गते बसेको प्रदेसभा बैठकमा मुख्यमन्त्री शाक्यले प्रस्तुत् गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव उपर छलफल भएको थियो । छलफलमा मुख्यमन्त्री शाक्यले सरकारले गरेको कामको फेहरिस्त प्रस्तुत गर्दै आफूलाई विश्वासको मत दिन आग्रही गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


तर, विपक्षी गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति भएको बैठकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमरकट्टेलले जानकारी गराएका थिए ।

मुख्यमन्त्री शाक्यले २४ असोजमा बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेकी थिइन् । २५ भदौमा नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपरेको हो ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार तथा वाग्मती प्रदेशसभा नियमावलीको धारा १४३ को १ अनुसार शाक्यले विश्वासको मत लिनुपर्ने बाध्यता छ ।

आजको विश्वासको मतदानका लागि सत्तापक्ष र प्रतिपक्षका सांसद बस्ने छुट्टाछुट्टै कक्ष व्यवस्था गरिएको छ भने अधिकृतसहितका कर्मचारी खटाउने तयारी छ ।