अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख इन्जिनियर सहित दुई जनालाई घुस रकम सहित पक्राउ गरेको छ ।


ADVERTISEMENT


सेवाग्राहीसँग लिएको घुस रकम सहित उनीहरुलाई अख्तियारको टोलीले आज पक्राउ गरेको हो । जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर केदार शर्मा र सव ओभरसियर डण्डीराज पाण्डेयलाई ६ लाख घुस रकम सहित पक्राउ गरेको महेन्द्रनगरस्थित अयोगका सुचना अधिकारी खिमानन्द पाठकले बताए ।


ADVERTISEMENT

# # #


जिल्लाका प्राविधिक कार्यालयका ठेकपट्टा बापत सो घुस लिइएको प्रारम्भिक अनुसन्धानमा खुलेको अयोगका सुचना अधिकारी पाठकले बताए । ‘सेवाग्राहीले थप १४ लाख ३० हजारको चेक समेत दिएको पाइएको छ’ पाठकले भने, तर उक्त चेक हामीले पाइसकेका छैनौं, त्यसका विषयमा अनुसन्धान चलिरहेको छ ।’ अख्तियारका अनुसार प्रमुख इन्जिनियर शर्माले सव ओभरसियर पाण्डेयलाई सेवाग्राहीबाट रकम र चेक बुझेर आफ्नो क्वाटरमा राख्न लगाएका थिए ।

दुवै जनालाई अख्तियारको हिरासतमा राखिएको छ । शनिबार केन्द्रीय कार्यालयमा पठाएर आवश्यक अनुसन्धान अघि बढाइने अख्तियारले जनाएको छ । – कान्तिपुरबाट