काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मान्त्री विरोध खतिवडाले लक्ष्य अनुसार नै सवै नेपालीलाई कोरोना बिरुद्धको खोप लगाइने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार मन्त्रालयमा सञ्चारकर्मीको छलफलका क्रममा मन्त्री खतिवडाले नेपालमा कोरोनाविरुद्धको खोप अभाव नभएको भन्दै लक्ष्य अनुसार नै सवै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइने बताएका हुन् ।


ADVERTISEMENT

# # #


मन्त्री खतिवडाले हाल ३० लाख खोप मौज्दात रहेको दुई करोड खोप आउने प्रक्रियामा रहेको जानकारी पनि दिए । १२ देखि १८ वर्षका बालबालिकालाई लगाउनका लागि १ करोड डोज खोप पनि छिट्टै आउने उनले बताए ।

त्यस्तै मन्त्री खतिवडाले औषधीमा मूल्यवृद्धि हुन नदिन आफुले निरन्तर सरोकारवाला निकायसंग छलफल गरिरहेको भन्दै आफुखुसी मूल्यवृद्धि गरे कारवाही गर्ने चेतावनी दिए ।

मन्त्री खतिवडाले आफ्नो कार्यकालमा अनियमितता भएको सुन्न नपर्ने अठोट गरेको जानकारी दिए ।