सुनसरी । बामगठबन्धनबाट सुनसरी क्षेत्र नम्वर तीनकी उमेद्वार भगवती चौधरीले त्यस क्षेत्रको विकास र सम्वृद्धिको जिम्मा आँफूले लिने बताएकी छन् । पहिला देखि नै सुनसरीको विकासका लागि लागिरहेको बताउँदै उनले जितेर आएपछि समेत विकासका लागि कुनै कसुर वाँकी नराख्ने चौधरीको प्रतिबद्धता छ ।


ADVERTISEMENT


‘सुनसरी क्षेत्र नम्बर ३ को विकास गर्ने जिम्मा म लिन्छु’ उनले भनिन् ‘अब यस क्षेत्रको भबिष्य समृद्ध बन्दैछ ।’


ADVERTISEMENT

# # #


मतदाताहरुसंगको घरदैलोका क्रममा देखिएको उत्साहाबाट हौसिँदै उनले यसपटक जनताले देखाएको मायाले त्यस ठाउँको विकास गर्न आँफूलाई जिम्मेवारी र उर्जा मिलिरहेको उनको भनाई छ ।

ंतपाईहरु मलाई त्यो अवसर दिनुस्’ चौधरीले भनिन् ‘म यो ठाउँलाई समृद्ध बनाउँछु ।’