काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पार्टीको कार्यबाहक सभापति बनेका छन्।


ADVERTISEMENT


उपसभापति निधिलाई कार्यवाहक सभापति तोकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्।


ADVERTISEMENT

# # #


उनका अनुसार, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू बेलायत भ्रमणमा जानुअघि उपसभापति निधिलाई पार्टीको कार्यबाहक सभापतिको जिम्मा सुम्पिएका हुन् ।

प्रधानमन्त्री शेर बहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिडर्स सम्मेलनमा सहभागी हुन आज बेलायततर्फ प्रस्थान गरिसकेका छन् ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा १३ बमोजिम प्रधानमन्त्री एवं पार्टी सभापति देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापति तोकिएको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको सम्मेलनको उक्त अवधिभर प्रधानमन्त्रीकोकार्यभार सम्हाल्ने जिम्मा गृहमन्त्री बालकृष्ण खाँणलाई दिएकी छन् ।