काठमाडौँ – नेपाल बार एसोसिएसन परिसरमा शुक्रबार दुई कानुन व्यवसायीहरूबीच हात हालाहाल भयो । सर्वोच्चको इजलासका विषयमा विवाद हुँदा अधिवक्ता भूमिनन्द चुडाल र कानुन व्यवसायी विराट न्यौपानेबीच हात हालाहाल भएको हो ।


ADVERTISEMENT


उनीहरुबीचको झगडा थप बढ्न थालेपछि बारमा रहेका कानून व्यवसायीहरुले छुट्याउनुपरेको थियो । कानुन व्यवसायी विराट न्यौपानेले आफुले हातपात गरेको र जिम्मा आफुले लिने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘दलाललाई हिर्काइन्छ, केही फरक पर्दैन । यो कुनै झगडा गरेको होइन । तपाईंहरुले हातपात देखे पनि त्यो होइन । बदमासी गर्नेलाई जसले पनि यस्तै गर्छ । यसको अन्तरनिहित कुरा मलाई थाहा छ । यसको जिम्मा म लिन्छु ।’

उनले हातपात गरेकै कारण आफूलाई जेल हाले पनि आफू तयार रहेको उनले बताए । किन हातपात गरेको भन्ने सञ्चारकर्मीलाई उनले उल्टै परिचयपत्र देखाउन भने । उनी त्यतीमै रोकिएनन्, तपाई कुन पक्षको पत्रकार भनेर सोध्न समेत भ्याए ।

कुटाइ खाएका अधिवक्ता भन्छन् : बारले केही गर्न सकेन, अब राजतन्त्र आउँछ आउँछ

यता अधिवक्ता भूमिनन्द चुडालले बार गैरसंवैधानिक भएको र बारको इतिहास समाप्त भएको आरोप लगाए । उनले देशमा गणतन्त्र अन्त्य भएकाले राजतन्त्र आउने जिकिर गरे ।

उनले भने, ‘अब बारले केही गर्न सक्दैन । यो बार यति गैरसंवैधानिक भएको छ । अब देशमा गणतन्त्र अन्त्य भइसक्यो । राजतन्त्र आउँछ आउँछ । राजतन्त्र नल्याइ हुँदैन ।’

उनले प्रधानन्याधिश राजतन्त्रको खम्बा भएकाले कसैले हटाउन नसक्ने उनले बताए । बार निकट व्यक्तिहरुले आफुहरुलाई अन्याय गरेको उल्लेख गर्नुभयो । आफुलाई कुट्दा पनि बार हेरेर मात्र बसेको उनको भनाई छ ।

चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताए।