डोटी – डोटीको शिखर नगरपालिका वडा नम्बर ९ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।


ADVERTISEMENT


मोबाइल चार्ज गर्ने क्रममा शिखर नगरपालिका- ९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक एवं सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै शिखर नगरपालिका–११ बारपाटामा २० वर्षका शिशिर साउद घाइते भएका छन् ।

घाइते साउदको राजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।