काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलेको भाषामा राजनीतिज्ञको गन्ध आएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार बारका वकिलहरुले आँखामा पट्टी बाँधेर प्रधानन्यायाधीश जबराको माग गरेको प्रदर्शनमा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।


ADVERTISEMENT

# # #


साथै उनले प्रधानन्यायाधीशले राजनीतिज्ञको  जस्तो  एउटा ‘पोजिसन’ लिएर बस्न नहुने बताएका छन् । उनले यस्तो गर्नु सम्पूर्ण न्याय प्रणाली सक्नु र संस्थाको गरिमा घटाउन् भएको पनि बताएका छन् ।  उनले जबराले ‘पोजिसन’ लिएर बसे उनको बचेखुचेको साख पनि गुम्ने उल्लेख गरे ।

‘राजनीतिज्ञले जस्तो पोजिसन लिएर उहाँ बस्ने होइन । सहज बहिर्गमन हुनुपर्छ । त्यो हुँदा उहाँको बाँकी रहेको साख रहन्छ’, पत्रकारहरूसँग भट्टराईले भने, ‘उहाँले बोल्नु भएको राजनीतिज्ञले बोल्ने भाषा हो । कुनै पनि न्यायाधीशले गरेको फैसलामा सर्वसाधारणले प्रश्न उठायो भने नैतिकताले राजीनामा दिनुपर्छ । यहाँ त बारले उठायो ।’

जबराको भनाइले समस्याको समाधान नगर्ने पनि उनी बताउँछन् । यस्तै, राजीनामा दिनुपर्ने धेरै कारण रहेको भन्दै उनले राजीनामा गर्न हुँदैन भन्नेहरूसँग एउटा कारण पनि नरहेको उल्लेख गरे ।